+

एमेच्योर बुद्धिचालमा पुरुषोत्तम चौलागाईंको एकल अग्रता

२०८१ भदौ  १० गते ८:५१ २०८१ भदौ १० गते ८:५१
एमेच्योर बुद्धिचालमा पुरुषोत्तम चौलागाईंको एकल अग्रता

१० भदौ, मेचीनगर । नेपाल बुद्धिचाल महासंघ र नाइट चेसक्लब झापाको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छैठौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको आइतबार तेश्रो दिन सिनियर तर्फ पाँच चरण र जुनियर तर्फ सातौं चरणका खेल भएका छन्।

राष्ट्रिय एमेच्योर विधा अन्तर्गत सिनियर २ हजार मुनिको क्लासिकल खेलमा सिएम पुरुषोत्तम चौलागाईंले आशिष फूँयालसँग बराबरी नतिजासहित  ४.५ अंक जोडेर एकल अग्रता कायम गर्न सफल भएका छन् । पूर्वनेपाल च्याम्पियन समेत रहेका १९३७ रेटेड पुरुषोत्तमले प्रतिद्वन्द्वी १८९६ रेटेडका आशिषसँग बराबरी गर्दै उपाधि नजिक पुगेका हुन् ।

आशीष ४ अंक बनाएर दोस्रो स्थानमा उभिएका छन्। उनीसँगै सिएम कृष्ण थापा र राजेन्द्र राईले पनि ४ अंक बनाउदै संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन् । पूर्वविजेता १९३३ रेटेड कृष्ण थापाले १७६९ रेटेड प्रेम लिम्बुसँग पाँचौ चरणको लामो खेल करिब ३ घण्टा ३० मिनेट प्रतिस्पर्धा जित निकालेका हुन् । यस्तै १८९३ रेटेड राजेन्द्र राईले १८६२ रेटेड रिशोन थापा माथि कठिन विजय प्राप्त गरे ।

खेलमा सम्भावनालाई जगाउँदै १८९१ रेटेड विकास मैनाली र १७३४ रेटेड धिरेन राई ३.५ अंक बनाएर संयुक्त तेस्रो स्थानमा रहन सफल भए । सिनियर २६ राष्ट्रिय खेलाडीको कडा प्रतिस्पर्धामा महिला राष्ट्रिय च्याम्पियन रहेकी १७०८ रेटड सिन्दिरा जोशीले १८०९ रेटेड उमेश राईलाई हारको स्वाद चखाएकी छन्।

होटल व्यवसायी संघ मेचीनगरको सभाहलमा चलिरहेको १७०० रेटिङ मुनिको प्रतिस्पर्धामा उत्कृष्ट लय समाउदै १६९९ रेटेड रञ्जित राईले सातमा सात खेल जितेर ७ अंकका साथ एकल अग्रता कायम गरेका छन्। राईले सत प्रतिशत नतिजा आफ्नो पक्षमा राख्ने क्रममा व्यक्तिगत ५० अंक रेटिङसमेत बढाउन सफल बनेका छन्।

तेस्रो चरणको खेलमा रञ्जित संग एक खेल गुमाएका १६२९ रेटेड रामहरि कार्कीले भने ६ अंक बनाएर दोस्रो स्थान ओगटेका छन्। कार्कीले आज १६२६ रेटेड कपिल गुरुङलाई पराजित गरेका छन्। यसैगरी १६४८ रेटेड शिभम् कुमार बिक र १५९८ रेटेड कृष्णप्रसाद सिग्देल ५.५ अंक बनाएर संयुक्त तेस्रो स्थानमा रहन सफल भएका छन्।

सेप्टेम्बर महिनामा हुने हंगेरी चेस ओलम्पियाडमा सहभागी बन्न तयारी गरिरहेकी महिला खेलाडी पूजा भण्डारी आज भएको सबै खेल आफ्नो पक्षमा पारेकी छन्। १६८७ रेटेड पूजा भण्डारीले पाँच खेलमा जित र एक खेल बराबरी खेल्दै पुरुष प्रतिद्वन्द्वीबीच ५.५ अंक जोडेर तेस्रो स्थान सुरक्षित गरेकी छन्। भण्डारीलाई पछ्याउदै १५२९ रेटेड महिला खेलाडी पुनम प्रसाईं ३ अंक र अनरेटेड प्रतिमा बास्कोटा २.५ अंक बनाएर खेलिरहेकी छन् ।

चेस छैठौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता पुरुषोत्तम चौलागाईं बुद्धिचाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय