+

गोल्डेनपिक र भ्याली पब्लिकलाई उपाधि

२०८१ भदौ  १० गते २०:१४ २०८१ भदौ १० गते २०:१४
गोल्डेनपिक र भ्याली पब्लिकलाई उपाधि

१० भदौ, काठमाडौं । गोल्डेनपिक र भ्याली पब्लिकले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

दोहोरो उपाधि जितेको गोल्डेनपिक सिनियर र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । भ्याली पब्लिक सिनियर गर्ल्समा पहिलो भयो ।

धापासीस्थित ग्रिनल्यान्ड विद्यालयको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले एचएचसीएलाई ५३—४३ ले पराजित गर्‍यो । जुनियर ब्वाइजमा गोल्डेनपिकले भ्याली पब्लिकलाई २७—२३ ले हरायो । सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई ३७–२८ ले पाखा लगायो ।

सिनियर ब्वाइजमा गोल्डेनपिकका सुविन तामाङ, सिनियर गर्ल्समा भ्याली पब्लिककी एलिना गौचन र जुनियर ब्वाइजमा गोल्डेनपिकका नेल्सन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा एचएचसीएका डेविड राई, सिनियर गर्ल्समा ग्रिनल्यान्डकी न्यादिका गुरुङ र जुनियर ब्वाइजमा सत्य साइका बालकृष्ण पटेल उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सुरेश बिसी (८७ अंक), सिनियर गल्र्समा फेरिल्यान्डकी अपेक्षा ढुंगाना (६३ अंक) र जुनियर ब्वाइजमा भ्याली पब्लिकका अशोक विक (४२ अंक) सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । सिनियर ब्वाइजमा स्कलर्स होम एकेडेमी, सिनियर गर्ल्समा तेजस्वी र जुनियर ब्वाइजमा ज्ञान संस्कार उदीयमान टिम चुनिए ।

विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष एवं ग्रिनल्यान्डका प्रिन्सिपल थकिनकुमार गुरुङ, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुन, गोल्डेनपिकका प्रिन्सिपल छत्रमणि राई, ग्रिनल्यान्डका भाइस प्रिन्सिपल विनोद घिमिरेलगायतले पुरस्कृत गरे । ११ दिनसम्म चलेको प्रतियोगितामा ६४ टिम सहभागी थिए ।

खेलकुद बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय