+
+

राजनराजको संगीतमा फिल्म ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते २१:४६

काठमाडौं । फिल्म ‘सानो संसार’को गीत ‘मग मग फूलबारी बसायो’ सार्वजनिक भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा सोमबार गीत रिलिज गरिएको हो ।

गीत सार्वजनिक गर्न सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्मको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत, मेलिना राई र सिवाकोटीको स्वर छ ।

विवाहको सेटअपमा तयार पारिएको गीतमा फिल्मका मुख्य कलाकरा सबै फिचर्ड छन् । शरद महतोले खिचेको गीतको भिडियोमा सुजैन खड्का र मनोज खड्काको नृत्य निर्देशन छ ।

चर्चित फिल्म ‘लुट’का निर्माता माधव वाग्ले र उनको ब्यानर प्रिन्सेस मूभिज पनि जोडिएको यो फिल्मलाई अर्जुनकुमारको राजधानी मिडिया र प्रिन्सेस मूभिजले संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।

सिद्धार्थ पुडासैनी निर्देशित फिल्मबाट माग्ने बुढाको नामले चर्चित अभिनेता केदार घिमिरेकी पत्नी सीतादेवीले डेब्यु गरेकी छन् । फिल्ममा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल तथा शिशिर सिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका छ ।

फिल्मको प्रदर्शन असोज ११ गतेलाई तय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?