+
+

सुनको भाउ स्थिर, चाँदी बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १३:५६

११ भदौ, काठमाडौं । मंगलबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि अघिल्लो दिनकै मूल्य निर्धारण गरेको हो ।

हाल प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको महासंघले जनाएको छ । यसअघि भदौ ५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ मंगलबार तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८४० रुपैयाँ रहेको चाँदी आज १८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?