+

कोही शिशु किन ढिलो बोल्छन् ?

२०८१ भदौ  १२ गते १२:३३ २०८१ भदौ १२ गते १२:३३
कोही शिशु किन ढिलो बोल्छन् ?

बच्चाको विकास आमाको गर्भबाटै सुरु हुन्छ । गर्भावस्थाको पहिलो तीन महिनामा बच्चाको छिटो विकास हुन्छ । जब बच्चा जन्मन्छ, त्यसपछि पनि धेरै क्षमता विकास हुन्छन् । यी क्षमताहरूमा बोल्ने क्षमता पनि समावेश हुन्छ । कतिपय बालबालिकाले छिट्टै बोल्न सिक्छन् भने कतिपयलाई निश्चित उमेरमा पनि कम बोल्ने वा बोल्न अलि ढिलो हुने हुन्छ ।

निश्चित समय भन्दा केही ढिलो बोल्नु सामान्य हुनसक्छ । तर केही बच्चामा यसो हुनुको पछाडि सामान्यदेखि गम्भीर कारण हुनसक्छन् ।

कुन उमेरमा बच्चाले बोल्न थाल्छन् ?

बच्चाले ६ महिनाबाट नै मा बा जस्ता शब्द (एक अक्षरको) बोल्न सुरु गर्छन् । नौ महिनामा ममा, बाबा जस्ता शब्द (दुई  अक्षरको) बोल्न थाल्छन् । एक वर्षको उमेरबाट भने आमा, बाबा जस्ता एउटा पूरा शब्द बोल्न थाल्छन् ।

१८ महिनाबाट भने पाँचदेखि १० शब्द बोल्न सक्छन् । दुई वर्षमा ५० वटा शब्द बोल्न सक्छन् । तीन वर्षमा भने बच्चाले एउटा पूरा वाक्य नै बोल्न सक्छन् ।

बच्चाले १८ महिनासम्म पनि एउटा शब्द बोलेन भने बच्चाले बोल्नमा ढिला भयो भनेर बुझिन्छ ।

केही बालबालिका किन ढिलो बोल्छन् ?

टङ्गटाइ’ जिब्रो टाँसियो भने

यो समस्यामा बच्चाको जिब्रो जन्मदेखि नै सानो वा टाँसिएको  हुन्छ, जसकारण जिब्रो चलाउन गाह्रो हुन्छ । यसले गर्दा बच्चाको खानपानदेखि बोलीसम्मलाई असर गर्छ ।

समयपूर्व जन्म हुनु

९ महिना नपुग्दै जन्मिएका बालबालिकाले ढिलो बोल्न सुरु गर्न सक्छन् । समयपूर्व जन्मिएका बच्चालाई बोल्न मात्रै समस्या हुँदैन, उनीहरूमा ढिलो सुन्ने र अन्य सीप पनि ढिलो विकास हुन्छ । यस्तो अवस्थामा धेरै चिन्ता लिनु पर्दैन । यस अवस्थामा बच्चालाई समय-समयमा जाँच गर्नुपर्छ ।

कानको संक्रमण

कतिपय बालबालिका जन्मेपछि कानको संक्रमणबाट पीडित हुन्छन् । यस्ता बालबालिकाको बोल्ने क्षमतामा ठूलो असर पर्छ । यस कारणले गर्दा बच्चा ढिलो बोल्न सक्छ । यदि बच्चाले बारम्बार आफ्नो कान नजिक औंला लैजान्छ भने चिलाएर हुनसक्छ । यस्तोमा उसको कान जाँच गर्नुपर्छ ताकि उसको बोल्ने क्षमता विकास होस् ।

श्रवण क्षमता कमजोर

कतिपय बालबालिकालाई जन्मदेखि नै कतिपय कुरा बुझ्न र सुन्नमा कठिनाइ हुन्छ, जसकारण उनीहरू ढिलो बोल्न सक्छन् । किनभने उनीहरूले बोलेको बुझ्दैनन् र प्रतिक्रिया दिन सक्दैनन् ।

बढी स्क्रिन टाइम

आजभोलि अभिभावकहरूले खाना खुवाउने बेलामा तथा आफू व्यस्त भएको बेला बच्चालाई स्क्रिनमा भुलाउने चलन छ । यसरी बच्चाले लामो समय स्क्रिनमा बिताउँछ भने एकोहोरो भएर पनि उनीहरूले उचित समयमा बोल्न सक्दैनन् ।

न्युरोलोजिकल समस्या

यदि बच्चा उचित उमेरमा बोलेको छैन भन्ने लाग्छ, ढिलो भयो भन्ने लाग्छ भने अस्पताल गएर परीक्षण गर्नुपर्छ । कहिलेकाहीं यो समस्याको कारण न्युरोलोजिकल अक्षमता हुनसक्छ । यस्तो अवस्थामा तुरुन्तै डाक्टरसँग परामर्श लिनुपर्छ ।

अटिजम

कहिलेकाहीं बच्चा ढिलो बोल्नुको कारण अटिजम पनि हुनसक्छ । यस अवस्थाबाट पीडित बालबालिकालाई आफ्नो भाषा बोल्न, बुझ्न र बुझाउन गाह्रो हुन्छ । अटिजम डिसअर्डरबाट पीडित बालबालिकालाई राम्रो हेरचाह चाहिन्छ ।

अभिभावले ध्यान दिनुपर्ने कुरा

यदि बच्चाले आमाबुबासँग आँखा जुधाउँदैन, बोलाउँदा प्रतिक्रिया दिंदैन र बच्चाले १८ महिनासम्म एउटा शब्द पनि बोलेन भने उसको जिब्रो टाँसिएको छ कि भनेर हेर्नुपर्छ । अटिजमको लक्षण देखिएको छ कि भनेर पनि ध्यान दिनुपर्छ । यस्ता लक्षण देखिए अस्पताल गएर परीक्षण गर्नुपर्छ ।

परीक्षण गर्दा केही समस्या पत्ता लागे चिकित्सकको सल्लाहअनुसार त्यो समस्याको उपचार गरेपछि बच्चाले बोल्न थाल्छ । जस्तो जिब्रो टाँसिएको छ भने त्यसको शल्यक्रिया गरिन्छ । कानमा संक्रमण भएको छ भने त्यसको उपचार गरिन्छ ।

डा. बाबुराम पाण्डे बोली शिशु
डा. बाबुराम पाण्डे
लेखक
डा. बाबुराम पाण्डे
बालरोग विशेषज्ञ

डा. पाण्डे हाल राप्ती एकेडेमी अफ हेल्थ साइन्सेसमा कार्यरत छन् । बालरोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२७७९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?