+
+

हरेक दिन परीक्षा सम्झेर काम गरिरहेको छु : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १७:०६
फाइल तस्वीर

१२ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हरेक दिनलाई परीक्षाको रूपमा सम्झेर काम गरिरहेको बताएका छन् ।

बुधबार पर्यटन सम्बद्ध निकायहरूसँगको छलफलमा मन्त्री पाण्डेले कुन निकायमा कुन ऐन, कानुनको खाँचो छ ? प्राथमिकीकरण गर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।

‘मैले हरेक दिनलाई परीक्षाको रूपमा लिएको छु । मन्त्रालयको जिम्मेवारीमा आएको दिनदेखि नै कार्यतालिका बनाएर अघि बढेको छु,’ उनले भने ।

मन्त्री पाण्डेले कागजमाभन्दा फिल्डमा नतिजा देखिने गरी काम गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिए ।

उनले मन्त्री र मन्त्रालयको नाममा कसैले अस्वभाविक दबाब, प्रलोभन दिएको अवस्थामा आफूलाई सिधै सम्पर्क गर्न समेत मातहतका निकायलाई आग्रह गरे ।

मन्त्री र सचिव फेरिए पनि संरचना रहिरहने बताउँदै उनले इमान्दारिताका साथ काम गर्न निर्देशन दिए ।

मन्त्री पाण्डेले हरेक बुधबार मन्त्रालय मातहतका सम्बद्ध विभाग वा निकायहरूसँग छलफल गर्दै आएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?