
१२ भदौ, काठमाडौं। प्रधामन्त्री केपी शर्मा ओली र नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।
बुधबार कन्चनपुरका दीपक सिंह ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए । ठगुन्ना पक्राउ परेसँगै पक्राउ गर्नेको संख्या तीन पुगेको छ ।
यसअघि मंगलबार साँझ सुर्खेतका बुसद्धराम जैसी र अछामका रामबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरु विरुद्ध सार्वजनिक शान्ति हितविरुद्धको कसुरका अनुसन्धान अघि बढाइएको एसपी अधिकारीले बताए ।
गत सोमबार टुडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा अथिति बनेर पुगेका ओली र देउवाविरुद्ध केही युवाहरुले नाराबाजी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4