+
+

क्यान्सर अस्पतालमा असम्भव परीक्षण जनस्वास्थ्य प्रयोगशालामा गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १८:२९

१२ भदौ, काठमाडौं । देशका सरकारी क्यान्सर अस्पतालमा सम्भव नहुने कतिपय प्रयोगशाला परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ ।

संघीय सरकार अन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबीच सम्झौता भएको छ ।

ल्याब परीक्षणका लागि प्रयोगशालाका निर्देशक डा. रञ्जन भट्टले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा अस्पतालसँग सम्झौता गरेका हुन् ।

यसअघि ती अस्पतालहरुमा सम्भव नभएका परीक्षणका लागि बिरामी आफैंले निजी ल्याब तथा भारतसम्म धाउनुपर्ने अवस्था थियो ।

ती अस्पतालहरूका ल्याबको स्तरोन्नतिका लागि समेत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सहकार्य गर्नेछ ।

क्यान्सर उपचार पाँच प्रदेशमा विस्तार गरेर सबै प्रदेशमा पुर्‍याउन सक्रियता लिएका मन्त्री पौडेलले ल्याब नमुना सहज र कम खर्चमा गर्न प्रयोगशालामार्फत यस्तो सम्झौता गराउन अग्रसरता लिएका हुन् ।

‘क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउने प्रबन्ध गर्न आज मन्त्रालयमा दुवै पक्षबीच सम्झौता गरेका छौं’, मन्त्री पौडेलले भने, ‘अब भएका सबै सरकारी क्यान्सर अस्पतालबाट यस्तो सुविधा मिल्नेछ ।’

मन्त्री पौडेलले अब नागरिकको क्यान्सर परीक्षणका लागि हुने झञ्झट र खर्च केही कम हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?