+
+

तडकभडक नगरी तीज मनाउन काठमाडौं प्रशासनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १३:०८

१३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन सूचना जारी गरेको छ ।

प्रशासनले बिहीबार एक सूचना जारी गरेर तडमभडकसहित खर्चिला कार्यक्रम नगर्न आग्रह गरेको हो ।

‘विगतका तुलनामा हालका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यक्रम बढ्दै गएको देखिएको छ’, प्रशासनले सूचना मार्फत भनेको छ ।

सूचना विपरीत हुने कार्यक्रम भएमा सामाजिक व्यवहार सुधार ऐनअनुसार कारबाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?