+
+

ईपीजी र सीमा राजदूतको लेभलभन्दा माथि गइसक्यो : शंकर शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १६:४८

१६ भदौ, काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माले सीमा र ईजीपीको विषय आफ्नो लेभलभन्दा माथि गएको बताएका छन् ।

संसदीय सुनुवाइ समितिमा आइतबार भएको सुनुवाइका क्रममा प्रस्तावित राजदूत शर्माले यो उच्चस्तरमा टुंगो लगाउने पर्ने बताए । भारतका लागि पूर्व राजदूतसमेत रहेका उनले भने, ‘ईपीजी र बाउन्ड्री मेरो लेभलभन्दा धेरै माथि गइसक्यो ।’

नेपाल र भारतको प्रबुद्ध समूह ग्रुप (ईपीजी) ले प्रतिवेदन बनाइसकेको छ, तर भारतको प्रधानमन्त्रीले बुझ्न टार्दै आएका छन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको आफ्नो भूभागलाई समेटेर नेपाल नयाँ नक्सा जारी गरेको छ । तर भारतले अहिले पनि त्यसक्षेत्रमा एकतर्फी गतिविधि गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?