+
+

१७ म्युचुअल फन्डले घोषणा गरे लाभांश, कुनको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १५:०२

१७ भदौ, काठमाडौं । यतिबेला म्युचुअल फन्डले सम्बद्ध इकाइधनीका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

हालसम्म १७ म्युचुअल फन्डले लाभांश घोषणा गरिसकेका छन् । गत आर्थिक वर्षको नाफाबाट म्युचुअल फन्डले इकाइधनीका लागि नगद लाभांश घोषणा गरेका हुन् । घोषित लाभांश केही फन्डले इकाइधनीको बैंक खातामा पठाइसकेका छन् भने केहीको इकाइ खरिद गर्दा अझै पनि लाभांश हकदार रहन्छ ।

खुलामुखी र बन्दमुखी गरी नेपालमा दुई किसिमका म्युचुअल फन्ड सञ्चालनमा छन् । बुक क्लोज भइनसकेका बन्दमुखी योजना दोस्रो बजारबाट खरिद गरेर लाभांश प्राप्त गर्न सकिन्छ ।

म्युचुअल फण्डका विभिन्न नाममा ३६ बन्दमुखी योजना दोस्रो बजारमा सूचीकृत छन् । सूचीकृत ३६ मध्ये १४ बन्दमुखी योजनाले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका अरु ३ योजना खुलामुखी हुन् ।  १४ बन्दमुखी योजनामध्ये १० योजना खरिद गर्दा अझै लाभांश पाउने अवसर छ ।

बुक क्लोजको अघिल्लो दिनसम्म योजना खरिद गर्दा लाभांश पाइन्छ । सात योजनाको अझै बुक क्लोज मिति तय भइसकेको छैन भने तीन योजना सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ को भदौ २३ तथा कुमारी इक्वीटी र कुमारी धनवृद्धिको भदौ १९ गते बुक क्लोज मिति तय भएको छ ।

एनआईसी एसिया डायनामिक डेब्ट, कुमारी सुनौलो योजना र शुभलक्ष्मी कोष लाभांश घोषणा भएका खुलामुखी योजना हुन् । खुलामुखी योजना निश्चित एजेन्ट (तोकिएका बैंक तथा वित्तीय संस्थाका शाखा)बाट मात्रै कारोबार गर्न मिल्छ । दोस्रो बजारमा यी योजना खरिदबिक्री हुँदैन ।

खुलामुखी योजना खरिदबिक्री गर्दा नेट एसेट्स भ्यालु (एनएभी)मै हुन्छ । यिनै योजना एसआईपी (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान) भुक्तानी प्रक्रियाबाट पनि खरिद गर्न सकिन्छ । एसआईपीअन्तर्गत हरेक महिना वा त्रैमासिक रुपमा निश्चित रकम भुक्तानी गर्दा योजनाका युनिट हितग्राही खातामा जम्मा गर्दै लगिन्छ ।

हालसम्म एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक र कुमारी बैंकद्वारा प्रवर्द्धन गरिएका योजनाले लाभांश घोषणा गरेका छन् । उनीहरुले ४.५ देखि १५ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् ।

म्युचुअल फन्डको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य रहन्छ । प्रतिइकाई १० रुपैयाँमै उनीहरुले लाभांश दिने हुन् । उदाहरण : यदि कुनै म्युचुअल फन्डले १२ प्रतिशत लाभांश घोषणा गरेको छ, भने उसले दिने लाभांश १० को १२ प्रतिशत अर्थात् प्रतिइकाइ १ रुपैयाँ २० पैसा हुन्छ ।

१ हजार कित्ता होल्ड गरेको व्यक्तिले १२ प्रतिशत लाभांश घोषणा हुँदा १२ सय रुपैयाँ नगद प्राप्त गर्दछ । प्रतिइकाइ १० रुपैयाँमा सर्वसाधारणबाट रकम जुटाएर म्युचुअल फन्डले विभिन्न कम्पनीका सेयर, ऋणपत्र, निक्षेपमा लगानी गर्दछन् । सोही लगानीबाट आउने नाफाबाट वार्षिक रुपमा इकाइधनीलाई लाभांश प्रदान गर्दछन् ।

सेयर बजारमा लगानीबारे जानकारी नहुने, समय दिन नसक्नेलाई म्युचुअल फन्डको लगानी उपयुक्त हुन्छ । अंकित मूल्य १० रुपैयाँ रहने गरे पनि केही योजना दोस्रो बजारमा १० रुपैयाँभन्दा तल कारोबार भइरहेका छन् । बन्दमुखी योजनाको बजार मूल्य र नेट एसेट्स भ्यालु फरक पर्न सक्छ ।

म्युचुअल फन्डका योजनाको प्रतिइकाई सम्पत्ति मूल्य (न्याभ)अनुसार बजार मूल्य घटबढ हुने गर्दछ ।

कुन कुन म्युचुअल फन्डले घोषणा गरे लाभांश ?

योजनाको नाम घोषित लाभांश % बुक क्लोज अवस्था
शुभ लक्ष्मी कोष (खुलामुखी) ७.५ भइसकेको
लक्ष्मी भ्यालु फण्ड २ ४.५ भइसकेको
लक्ष्मी उन्नति कोष ७.५ भइसकेको
एनआईसी एसिया सेलेक्ट फण्ड ३० १४ घोषणा बाँकी
एनआईसी एसिया फ्लेक्जी क्याप १०.५० घोषणा बाँकी
एनआईसी एसिया ब्यालेन्स फण्ड ९.२५ घोषणा बाँकी
एनआईसी एसिया डायनामिक डेब्ट (खुलामुखी) १० भइसकेको
एनआईसी एसिया ग्रोथ फण्ड ९.५ घोषणा बाँकी
सनराइज फस्र्ट म्युचुअल फण्ड १२.५० भइसकेको
सनराइज फोकस्ड इक्वीटी ४.५ भइसकेको
सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ भदौ २३
कुमारी इक्वीटी ९.५ भदौ १९
कुमारी धनवृद्धि ९.५ भदौ १९
कुमारी सुनौलो योजना (खुलामुखी) १०.५ भइसकेको
सानिमा इक्वीटी फण्ड १५ घोषणा बाँकी
सानिमा लार्ज क्याप १० घोषणा बाँकी
सानिमा ग्रोथ फण्ड १० घोषणा बाँकी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?