
काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा आइतबार सम्पन्न नाडा अटो शोमा एमएडब्लू समूहले उत्साहजनक बुकिङ गरेको छ ।
एमएडब्लूका अनुसार अटो शोमा एक हजारभन्दा बढी दुई तथा चार पांग्रे सवारीसाधनहरूको बुकिङ गर्न सफल भएको हो ।
नेपाली अटोमोटिभ उद्योगमा परिचित एमएडब्लू समूहले विश्वसनीय, रिलायबल तथा इन्नोभेटिभ ब्रान्डहरू विस्तार गरिरहेको छ ।
नाडा अटो शोमा एमएडब्लू समूहले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, दिपाल, अवतार, सेरेस लगायत ब्रान्डहरू प्रदर्शनीमा राखेको थियो ।
एमएडब्लू समूहका निर्देशक विष्णु अग्रवालले नाडा अटो शोमा एमएडब्लु समूहका गाडी प्रति ग्राहकले देखाएको उत्साहबाट हर्षित भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4