+
+

मिस युनिभर्स सेनिस पलासियोसको ‘कुमारी लुक्स’ (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १२:०७

काठमाडौं । मिस युनिभर्स सेनिस पलासियोस केही दिनअघिसम्म काठमाडौंमा थिइन् । चारदिने नेपाल बसाइ सकेर उनी स्वदेश फर्किसकेकी छन् । फर्कनुअघि निकारागुएन सुन्दरीले नेपाली जीवित देवी कुमारीको भेषभूषामा सजिएर ‘कल्चरल फोटोसुट’ गरिन् ।

मिस युनिभर्सले नेपाली संस्कृति र धरोहरप्रति सम्मान जनाएको उल्लेख गर्दै पलासियोसको ‘कुमारी अवतार’ सहितका फोटो सेयर गरेको छ ।

मिस युनिभर्सले इन्स्टाग्राम पृष्ठमा लेखेको छ, ‘कुमारी पोशाक, ईश्वरीय नारीत्वको प्रतीक : मिस युनिभर्सले सुन्दरता, अनुग्रह र आध्यात्मिकताको प्रतिनिधित्व गर्ने यो प्रतिष्ठित पोशाक र नेपाली सांस्कृतिक सम्पदालाई सम्मान गर्छ ।’

नेपाल बसाइमा पलासियोसले भक्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमण गर्दै नेपाली पुरातात्विक सम्पदाको प्रशंसा गरेकी थिइन् । आगामी शनिबार हुने मिस युनिभर्स नेपालको फिनालेअघि बहालवाला मिस युनिभर्स विजेताले पहिलोपटक नेपाल भ्रमण गरेकी हुन् ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?