+
+

बागमतीमा हामफालेकी युवतीको शव मकवानपुरमा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १९:२५

१९ भदौ, काठमाडौं। ललितपुर महानगरपालिका-९ च्यासलबाट बागमती नदीमा हामफालेकी युवतीको शव मकवानपुरमा भेटिएको छ।

१६ भदौको साँझ बागमती नदीमा हामफालेकी रुकुम घर भएकी युवती अन्जली शर्माको शव भेटिएको हो।

उनको शव मकवानपुरको बागमती गाउँपालिका–९ गैरिगंगास्थित बागमती नदी किनारमा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए। मृतकका आफन्तले शव सनाखत समेत गरिसकेको उनले बताए ।

च्यासबाट बागमती नदीमा हामफालेकी युवती खोजी गर्ने क्रममा पुलमुनि अन्जली शर्मा, घर रुकुम मुसिकोट लेखिएको नोटसहितको झोला र मोबाइल भेटिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?