+
+

बिरामीलाई अनावश्यक रेफर गरे भुक्तानी नदिने स्वास्थ्य बीमा बोर्डको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १३:०८

२० भदौं, काठमाडौं। निजी तथा सामुदायिक अस्पतालमा बिरामीलाई अनावश्यक रेफर भइरहेको भन्दै स्वास्थ्य बिमा बोर्डले चेतावनी दिएको छ ।

बोर्डले बुधबार सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पताललाई पत्रचार गर्दै अस्पताल तथा चिकित्सकले संस्थामा सेवा प्रर्याप्त हुँदा पनि अनावश्यक रेफर गरेको र अबदेखि रेफर गनुपर्ने भएमा अनिवार्य रुपमा कारण खुलाउन निर्देशन दिएको छ ।

स्वास्थ्य बीमा ऐन २०७४, नियमावली २०७५, रिफरल कार्यविधि २०८०, कार्यावन्यनमा रहेको सुविधा थैली, दाबी समिक्षा निर्देशिका (पहिलो संसोधन) २०८१ र रयिल टाइम कार्यविधि २०८० विपरित निजी तथा सामुदायिक अस्पतालमा चिकित्सक सेवाको आचरण विपरित काम भइरहेको बोर्डले जनाएको छ ।

‘चिकित्सक सेवाको आचरणविपरीत अनावश्यक रुपमा रेफर गरेको पाइएको छ। अब उप्रान्त आफे संस्थामा भइरहेको सेवालाई ख्याल नगरी अन्तै कतै रेफर गर्न पाइने छैन,’ बोर्डले पत्रचार गर्दै भनेको छ, ‘ रेफर गर्नु परेमा अनिवार्य कारण खुलाउन पर्ने छ।’

अनावश्यक रेफर गरेको पाइएमा दाबी मूल्यांकन तथा रुजु गर्दा रकम शोधभर्ना नगर्ने बोर्डले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?