+
+

यस्तो छ प्रकाश सपुतको फिल्म ‘वसन्त’को पोस्टर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १२:५१

काठमाडौं । प्रकाश सपुतले निर्देशन गर्न लागेको फिल्म ‘वसन्त’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । हरितालिका तीजको अवसरमा निर्माता कम्पनी गलबन्दी प्रोडक्सनले शुक्रबार पोस्टर ल्याएको हो ।

पोस्टरमा फिल्मका प्रमुख पाँच कलाकारको चरित्र चित्रण छ । कलाकारलाई उनीहरुको क्यारेक्टरमा प्रस्तुत गरिएको छ । विद्यार्थीको पोशाक पहिरिएका पात्र कापी-कलम च्याप्दै विद्यालयतिर दौडिएको देख्न सकिन्छ ।

पोस्टरमा कलाकार र उनीहरुले निर्वाह गर्ने चरित्रबारे पनि उल्लेख छ । जसमा स्वस्तिमा खड्काको पात्रको नाम शान्ति शर्मा, प्रभात पाल ठकुरीको प्रेम आर क्षेत्री, खड्गबहादुर पुन (खबपु)को सत्यबहादुर मगर, प्रकाश सपुतको वसन्त विक र शिवांसी श्रीको सपना विक नाम राखिएको छ ।

फिल्मको निर्देशन, कथा र संगीत पक्षमा सपुत छन् । कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् । गलबन्दी प्रोडक्सनका कार्यकारी प्रमुख दिल श्रीशका अनुसार फिल्मको छायांकन शनिबारदेखि बागलुङको धम्जादेखि सुरु हुँदैछ ।

त्यसअघि बागलुङकै कालिका मन्दिरमा फिल्मको शुभसाइत पूजाआजा हुँदैछ । छायांकनका लागि स्वस्तिमा सहितका कलाकार शुक्रबार बागलुङतर्फ जाँदैछन् । फिल्मको प्रदर्शन आगामी चैत २२ गते हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?