+
+

भ्रातृ संस्थाको अधिवेशन गराउन कांग्रेसले निर्देशक समिति बनाउँदै

हरेक निर्देशक समितिमा केन्द्रीय तहका तीन नेता रहने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १४:०८

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाको महाअधिवेशन गराउनका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिने तयारी गरेको छ ।

निर्वाचित कार्यसमिति ल्याउनका लागि भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने गरी निर्देशक समिति बनाउन लागिएको हो । आठ सहमहामन्त्री मध्येबाट मन्त्री रहेका बद्री पाण्डे बाहेक अन्यले एक/एक भ्रातृ संस्थाको निर्देशक समिति संयोजक हुने गरी तयारी भएको केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी गराए ।

संयोजक सहित प्रत्येक निर्देशक समितिमा तीन जना हुनेछन् । ‘पार्टीले निर्णय गरिसकेको छ । सहमहामन्त्रीहरु संयोजक बन्नुहुन्छ,’ नेता खतिवडाले भने,‘पदाधिकारी बैठक बसेर आइतबार पछि सबै नाम टुंगो लगाउनुहुन्छ ।’

समितिलाई महाधिवेशनको कार्यतालिका निर्माण, विधानमा समयानुकूल परिमार्जन, आन्तरिक समस्याको निकास दिने अधिकार छ । पार्टी स्रोतका अनुसार सहमहामन्त्रीहरु किशोर सिंह राठोरलाई नेविसंघ, महेन्द्र यादवलाई तरुण दल, भीष्म आङदेम्बेलाई महिला संघको निर्देशक समिति बनाउन लागिएको छ ।

कांग्रेसका १३ भ्रातृ संस्थामा ११ वटा तदर्थ कार्य समिति छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र मुस्लिम संघमा मात्रै निर्वाचित कार्यसमिति छन् । नेविसंघ, तरुण दल, महिला संघ, भूतपूर्व सैनिक संघ, किसान महासंघ, प्रजातान्त्रिक सेनानी संघ, दलित संघ, लोकतान्त्रिक अपाङ संघ, भूतपूर्व सैनिक संघ, ठाकुर समाज र थारु संघले अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउन सकेका छैनन् ।

३ फागुन २०७८ मा पार्टी केन्द्रीय समितिले महाधिवेशन गर्न नसकेका १० भ्रातृ संस्थाको कार्यसमिति भंग गरेको थियो । महाधिवेशन गर्नै नसक्ने अवस्थामा पुगेका भ्रातृ संस्थालाई यही वर्षको अन्तिमसम्म निर्वाचित कार्यसमिति ल्याउन पार्टीले निर्देशन दिएको छ । महाधिवेशन गराउनका लागि सहजीकरण गर्ने उद्देश्यले सहमहामन्त्री र केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिन लागिएको छ ।

सरकारले २०७८ देखि पटक पटक तदर्थ समितिको अवधि बढाउँदै यसैवर्षको अन्तिम समयलाई समय दिएको छ । भ्रातृ संस्थाले अधिवेशन गर्न नसकेपछि ठूलो आकारको तदर्थ समिति बनाइएको छ ।

नेविसंघ ७५२, तरुण दल ४०१, महिला संघ ५३, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ५२, भूतपूर्व सैनिक संघ ७९, किसान महासंघ ४६ सदस्यीय तदर्थ समिति बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?