२२ भदौ, काठमाडौं । एन्फा महिला लिगमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले शनिबार त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको विभागीय डर्बीमा आर्मीमाथि रोमाञ्चक जित निकाल्दै एपीएफले जारी लिगमा पहिलो सफलता आत्मसात गरेको हो ।
एपीएफको जितमा पहिलो हाफको इन्जुरी समयमा सविता रानामगरले र ६७ औं मिनेटमा गीता रानामगर पेनाल्टीमा गोल गरे । आर्मीर्की विमला चौधरीले ५७ औं मिनेटमा एक गोल गरिन् ।
यो जितसँगै एपीएफ दुई खेलबाट चार अंक जोड्दै तेस्रो स्थानमा उक्लिँदा समान खेलबाट तीन अंकसहित आर्मी पाँचौं स्थानमा झरेको छ ।
यसअघि पहिलो खेलमा एपीएफले विभागीय टोली नेपाल पुलिस क्लवसँग गोलरहित बराबरीको नतिजा सामना गर्दा आर्मीले भने संकटालाई ४–० ले पराजित गरेको थियो ।
प्रतिक्रिया 4