+
+

लुम्बिनीका पूर्वमुख्यमन्त्री केसीले फिर्ता गरे सरकारी गाडी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १५:५२

२३ भदौ, दाङ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्तिहरुले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि पूर्वमुख्यमन्त्री केसीले सरकारी सुविधाको गाडी फिर्ता गरेका हुन् ।

केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भदौ २० गते फिर्ता गरेको बरिष्ठ शाखा अधिकृत देविराम भण्डारीले जानकारी दिए ।

भदौ ६ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्व विशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेको थियो ।

वि.सं. २०७९ भदौ ३१ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भने पूर्व विशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?