+
+

प्रतिवेदन केन्द्रित छलफलमा सहकारी छानबिन संसदीय विशेष समिति

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १९:०७

२३ भदौ, काठमाडौं। सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतसँग छलफल गरेको छ ।

समितिका सभापति सूर्य थापाका अनुसार अर्थमन्त्री पौडेलसँग समितिको प्रतिवेदनमा समेट्ने विषयवस्तुकेन्द्रित परामर्श र छलफल गरिएको हो ।

सिंहदरवारस्थित समितिको कार्यकक्षमा आइतबार भएको छलफलमा अर्थमन्त्री पौडेलसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका अर्थ सचिवद्धय रामप्रसाद घिमिरे र दिनेशप्रसाद घिमिरे, अर्थ मन्त्रालय सहसचिव दीर्घ मैनाली, नेपाल राष्ट्र बैकका निर्देशक मुक्तिनाथ सापकोटा र उपनिर्देशक डा.रमेश चौलागाईं उपस्थित थिए ।

सहकारीको बचत अपचलन, दुरुपयोग र ठगीको छानबिन गरिरहेको संसदीय छानविन विशेष समितिले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैकसँग प्रतिवेदनमा समेट्ने विषयवस्तुकेन्द्रित परामर्श र छलफल गरेको हो ।

गत जेठ १५ गते गठित संसदीय विशेष समितिलाई तीन महिनाको समय दिइएको थियो । समयमा काम सकाउन नसकेपछि प्रतिनिधि सभाले यही भदौ १८ गते थप १५ दिनको म्याद थपेको छ ।

एमालेका थापा नेतृत्वको समितिमा सात जना सदस्य छन् । जसमा एमालेबाट सभापति थापा र सरिता भुसाल, कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र दिलेन्द्र प्रसाद बडू, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?