+

मनाङमा मैत्रीपूर्ण फुटबल हुने

२०८१ भदौ  २३ गते १९:२३ २०८१ भदौ २३ गते १९:२३
मनाङमा मैत्रीपूर्ण फुटबल हुने

२३ भदौ, काठमाडौं। बायोकोष नेपाल र एन्ट फाउन्डेशनको सहयोगमा मनाङ्गमा दोस्रो पटक मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।

प्रतियोगिता असोज ३ देखि ७ सम्म मनाङ्गको तिमाङ र मुङजी अवस्थित फुटबल मैदानमामा हुनेछ । उक्त मैत्रीपूर्ण खेलमा राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङ, अस्मिता रानपालसँगै विभिन्न सेलिब्रेटीहरुको सहभागी हुनेछन् ।

प्रतियोगितामा टिम हिमालयन स्नो लिवपर्ड, टिम कान्जिसारा याक र टिम मनाङ्ग ङिस्याङबीच प्रतिस्पर्धा हुनेछ ।

‘हिउचितुवा, याकको संरक्षण तथा प्रवद्र्धन, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असर र पर्यटन प्रवर्दन गर्न यस मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागेका हौं’, वायोकोष नेपालका प्रमुख पारस विक्रम सिंहले पत्रकार सम्मेलनमा भने ।

अनिल गुरुङ्गले लगातार दोस्रो पटक टिम हिमालयन स्नो लिवपर्डबाट खेल्नेछन् । ‘मैले मनाङ्ग मस्याङ्दीबाट धेरै फुटबल खेल्दा एक पटक मनाङ जाने इच्छा थियो ।

त्यो बेला मेरो सपना पूरा भएको थिएन । तर गतवर्ष त्यहाँ पुगेपछि मलाई एकदमै खुसी लाग्यो’, उनले भने । त्यसैमा थपे, ‘हाम्रो नेपालमा यति राम्रो ठाउँ रहेछ । त्यहाँ गएर फुटबल खेल्नुपर्ने र ट्रेनिङ गर्नुपर्ने जस्तो लाग्यो ।’

फुटबल मनाङ्ग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय