+
+

जानकारी विना शक्तिकेन्द्रलाई भेटे प्रहरीलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १९:३९

२३ भदौ, काठमाडौं । जानकारी विनै शक्तिकेन्द्रलाई भेटघाट गरेको पाइएमा प्रहरी अधिकारीहरुलाई कारबाही गर्ने तयारी हेडक्वाटरले गरेको छ ।

प्रहरी प्रधान कार्यालयले एक परिपत्र गर्दै विना जानकारी राजनैतिक नेताहरु तथा विभिन्न शक्तिकेन्द्रहरुलाई भेटघाट नगर्न निर्देशन दिएको छ ।

यसरी संगठनलाई जानकारी नै नदिई भेटघाट गरेको पाइएमा कारबाहीसम्म गरिने चेतावनी हेडक्वाटरले दिएको छ ।

विभिन्न सरुवा–बढुवाका शक्तिकेन्द्र धाउने र अनावश्यक चलखेल गर्ने गरेको भन्दै हेडक्वाटरले यस्तो निर्देशन दिइएको एक उच्च अधिकारीले बताए ।

यसअघि सशस्त्र प्रहरी हेडक्वाटरले पनि विना जानकारी शक्तिकेन्द्रलाई भेटे कारबाही हुने भन्दै परिपत्र गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?