+
+

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते ७:३३

२४ भदौ, काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रकाशशरण महत छन् भने एमालेबाट उपमहासचिवद्वदय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।

सरकारको न्यूनतम साझा कार्यक्रमबारे अरु सत्तारुढ दलहरुसँग पनि छलफल गर्ने निर्णय भएको छ ।

गत १७ असारमा भएको सहमति अनुसार ३० असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपनि न्यूनतम साझा कार्यक्रम बनाइएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?