+
+

सुनकोशीमा बेपत्ता ३ जना दुई सातासम्म भेटिएनन्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १२:४७

२४ भदौ, काठमाडौं । सुनकोशीमा जिप खस्दा बेपत्ता भएका तीन जना दुई सातासम्म फेला पर्न सकेका छैनन् ।

८ भदौमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुँलेबाट सुनकोशी नदीमा जिपसहित खसेका तीन जना अझैसम्म फेला नपरेका हुन् ।

बेपत्ता हुनेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन् । गाडीबाट हामफालेका कारण सुशान्त कक्षपति भने बाँच्न सफल भएका थिए ।

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको गाडी साँझ करिब साढे ५ बजेतिर नदीमा खसेको थियो ।

सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोलीले सुनकोशीमा खोजी गररे गाडी फेला पारेको थियो । खोजी अझै जारी रहे पनि मान्छे भने नभेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?