+
+

बीपीको समाजवादी व्याख्यालाई कांग्रेसले पुनर्व्याख्या गर्नुपर्छ : एमाले सांसद पन्त

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १४:४५

२४ भदौ, काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले विश्वेश्वरप्रसाद कोइरालाको समाजवादसम्बन्धी व्याख्यालाई पुनर्व्याख्या गर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले भने, ‘एउटा कुरा आज म साथीहरूलाई भन्छु– बिपी कोइरालाको समाजवादसम्बन्धी ब्याख्यालाई आजको सन्दर्भमा नयाँ ढंगले पढेर पुनर्व्याख्या गर्नुपर्ने आवश्यकता छ । यसतर्फ नेपाली कांग्रेसका नेताहरूको ध्यानाकर्षण गर्दछु ।’

नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको आज १११ औं जन्मजयन्ती हो । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई स्मरण गर्दै एमाले सांसद पन्तले कांग्रेसलाई यस्तो आग्रह गरेका हुन् ।

एमाले सांसद पन्तले नेपालका सबै राजनीतिक दलका नेता/कार्यकर्ता र विद्यार्थीहरूलाई बीपीका कृतिहरू अध्ययन गर्न समेत सुझाएका छन् । नेपालको राजनीतिक आन्दोलनको जानकारी पाउनका लागि समेत बीपीका कृतिहरू पढ्नुपर्ने उनको राय छ ।

‘बीपी कोइरालाका कृतिहरू पढौं । उहाँको आफ्नो आत्मकथा, आत्मवृत्तान्त, जेल डायरी । उहाँका उपन्यासहरु सुम्निमा, नरेन्द्र दाइ, मोदी आइन्, तीनघुम्ती लगायत सबै कृतिहरू पठनीय छन् । तिनीहरू पढ्दा नेपालको राजनीतिक आन्दोलनको बारेमा पनि जानकारी पाइन्छ’, एमाले सांसद पन्तले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?