+
+

इन्द्रजात्राको अक्षयकोष १५ करोड पुर्‍याउने पर्यटनमन्त्रीको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १६:४९
फाइल तस्वीर

२४ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले इन्द्रजात्राको अक्षयकोष १५ करोड रुपैयाँ पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

इन्द्रजात्राको तयारीबारे सोमबार सरोकारवालासँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । उनले  इन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको समेत बताए ।

उनले इन्द्रजात्रासँग सरोकार विषयमा अन्तर मन्त्रालय र तीनवटै तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताए ।

जात्राका अवसरमा विगतमा देखिएका कमी–कमजोरी सच्याएर भव्य, सभ्य रूपमा सफल पार्न आह्वान गरे ।

इन्द्रजात्रा १ असोजका दिन मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?