
काठमाडौं । नेपालको लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा विक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ ।
दशैं, तिहार, नेपाल सम्बत ११४५ र छठ पर्वको अवसर पारेर कम्पनीले ‘दशैं आयो क्यास पायो’ योजना सार्वजनिक गरेको हो ।
योजना अनुसार ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटर खरिदमा एसएमएस गरी न्यूनतम ७ हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म नगद पाउने कम्पनीले जनाएको छ ।
साथै एक्स्चेन्ज र फाइनान्स्को पनि सुविधा रहेको कम्पनीले जनाएको छ । सुजुकीले ५ वर्षको वारेन्टीका साथै ५ वर्षीय फ्री सर्भिस सुविधा पनि ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4