+
+

केदार कार्कीले अनशन बस्ने क्षेत्रलाई तोकियो निषेधित क्षेत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १५:००

२५ भदौ, विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बस्ने तयारी गरेको स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।

दिउँसो साढे १ बजे सूचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले आज दिउँसो ३ बजेदेखि लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको हो।

केदार कार्कीले आज दिउँसो ४ बजे प्रदेशसभा सचिवालय परिसरमा अनशन बस्ने घोषणा गरेका थिए ।

प्रदेशसभा सचिवालय आसपास देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय आसपास, मुख्यमन्त्री निवासको ३०० मिटर वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास आसपास ३०० मिटर र जिल्ला प्रशासन कार्यालय आसपास निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?