+
+

नबिल बैंकका दुई म्युचुअल फन्डको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते ९:१३

२६ भदौ, काठमाडौं । नबिल बैंकमार्फत कोष प्रवर्द्धन  गरिएका म्युचुअल फन्डका दुई योजनाले लाभांश घोषणा गरेका छन् । बन्दमुखी योजना नबिल ब्यालेन्स फन्ड– २ र खुलामुखी योजना नबिल फ्लेक्सी क्यापले इकाइधनीलाई लाभांश घोषणा गरेका हुन् ।

नबिल ब्यालेन्स फन्ड–२ ले करसहित ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बन्दमुखी यस योजनाको बुक क्लोज मिति असोज ११ गतेका लागि तोकिएको छ । असोज १० गतेसम्म इकाइ होल्ड वा खरिद गर्नेले लाभांश पाउने छन् । पछिल्लो पटक कारोबार हुँदा बजारमा यसको प्रतिइकाइ मूल्य ९ रुपैयाँ ९० पैसा छ ।

त्यस्तै नबिल फ्लेक्सी क्यापले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । खुलामुखी योजना भएकाले यसको लाभांश पुनः इकाइ खरिदका लागि पनि लगानीकर्ताले प्रयोग गर्न सक्नेछन् । त्यसका लागि असोज १० गतेसम्म योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा गई वा अनलाइनमार्फत फारम भरेर बुझाउनुपर्नेछ । बुधबार नै यस योजनाको बुक क्लोज हुनेछ ।

यसअघि १७ योजनाले इकाइधनीलाई लाभांश घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?