+
+

‘देवरा’ ट्रेलर : समुन्द्रबाट आउने खतरा रोक्न हुने लडाइँको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते ११:५८

काठमाडौं । तपाईंलाई एक्सन फिल्ममा रुचि छ भने ‘देवरा’को ट्रेलर रोचक लाग्न सक्छ । जुनियर एनटीआर, जान्हवी कपुर र सैफ अली खान स्टारर दक्षिण भारतीय फिल्मको पहिलो भागको ट्रेलर सार्वजनिक भएको छ । भीएफएक्सको अधिकतम प्रयोग गरिएको फिल्मको ट्रेलरमा सैफअली खानको एक्सन-प्याक लुक प्रस्तुत छ ।

फिल्ममा सैफ भैराको भूमिकामा छन् । जुनियर एनटीआरले फिल्ममा बाबुछोराको दोहोरो भूमिका निर्वाह गरेका छन् । ट्रेलरमा समुन्द्री किनारमा बसोबास गर्ने एक शक्तिशाली र निडर पात्र देवराको कथा पेश गरिएको छ जो आफ्ना मान्छेका लागि समुन्द्रबाट आउन लागेको सम्भावित खतराको सामना गर्छ ।

यससँगै कथाको स्पिन–अफ देखाइएको छ, जसमा देवराका छोरा वरदाको प्रवेश हुन्छ । वरदा ठ्याक्कै आफ्नो बुबा देवराजस्तै देखिन्छन्, यद्यपि उनको बुबाभन्दा फरक । उनी कोमल स्वभावका छन् । यस्तो अवस्थामा उनले बुबाको विरासत कसरी सम्हाल्छन् भन्ने कुरा ट्रेलरमा देखाइएको छ ।

जान्हवी कपुरले फिल्ममा वरदाको प्रेमी थंगमको भूमिका निर्वाह गरेकी छन् । यद्यपि उनलाई ट्रेलरमा कम समय दिइएको छ । ट्रेलरमा सैफअली खान भैराको भूमिकामा छन्, यद्यपि उनी देवरासँग हुन् वा उनको विरुद्धमा भन्ने सस्पेन्स भने कायमै छ ।

३०० करोड भारुको बजेटमा बनेको फिल्म ‘देवरा’ दुई भागमा बनेको छ । यसको पहिलो भाग असोज ११ गते (सेप्टेम्बर २७) मा हलमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?