+
+

बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १२:०२

२६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २१ दिनको लागि ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । उक्त उपकरणको साँवा तथा ब्याज भुक्तानी १६ असोजमा हुनेछ । निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोडदेखि बढीमा ५ करोडले भाग गर्दा निशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन दिने सक्नेछन् ।

उक्त उपकरण राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिनेछ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि चालु आर्थिक वर्षको सुरुवातबाटै राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधाबाट तरलता खिचिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?