+
+

स्वास्थ्य मन्त्रालयले खोजी गर्‍यो जग्गा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १८:०९

२६ भदौं, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका सबै विभाग, केन्द्र, अस्पताल र प्रयोगशालाका जग्गाको खोजी गर्न थालेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै ती जग्गाको संरक्षण तथा उचित व्यवस्थापनका लागि प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरेर काम थालेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले तत् तत् निकायका नाममा रहेका जग्गाको विवरण, उपयोगको अवस्था समेतका विवरण १५ दिनभित्र पठाउन पत्राचार समेत गरेको छ ।

उक्त प्रयासलाई सार्थक बनाउन सबै वर्ग तथा क्षेत्रको सहयोग आवश्यक भएको भन्दै मन्त्रालयले यस सम्बन्धमा केही सूचना भए जानकारी गराउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।

जग्गा अतिक्रमण वा अन्य कुनै तरिकाले दुरुपयोग भएको थाहा भएमा मोवाइल नम्बर ९८५१२६४५५५ वा मन्त्रालयको इमेल ठेगानामा पठाउनका लागि विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?