+
+

आइफोन १६ कि १५ किन्दा ठीक होला ? थाहा पाउनुहोस् विशेषता

एजेन्सी एजेन्सी
२०८१ भदौ २९ गते ७:३४

यदि तपाईंले आइफोन १५ चलाइरहनुभएको छ भने एप्पलले अहिले आइफोन १६ लञ्च गर्दा सायद थकथकी लागिरहेको छ होला । नयाँ संस्करणको आइफोन चलाउन पाए हुन्थ्यो भन्ने इच्छा जागृत हुनु स्वभाविकै हो ।

यदि तपाईंसँग आइफोन नै छैन अर्थात् एन्ड्रोइड फोन मात्रै चलाउने गर्नुभएको छ भने त अझ नयाँ सिरिजको आइफोन प्रयोग गर्ने तीव्र आकांक्षा हुने नै भयो । यस्तो अवस्थामा अघिल्लो संस्करणको आइफोन १५ छुट वा सस्तो मूल्यमा किन्ने कि पूरै मूल्य चुकाएर नयाँ मोडेल किन्ने ? भन्ने द्विविधा हुनसक्छ ।

यस्तो अवस्थामा तपाईंको निर्णयमा सहयोग गर्नका लागि आइफोन १५ र आइफोन १६ का मूख्य विशेषताहरुको तुलना यहाँ गरिएको छ ।

क्यामेरा

दुवै फोनमा ४८ मेगापिक्सेल र १२ मेगापिक्सेलको डुअल रियर क्यामेरा सेटअप रहेको छ ।

आइफोन १५ मा ४८ मेगापिक्सेलको वाइड तथा १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहेको छ । जबकि आइफोन १६ मा ४८ मेगापिक्सेलको २ गुणा टेलिफोटो अप्सन सहितको फ्युजन क्यामेरा र १२ मोगपिक्सेलको अल्ट्रावाइड क्यामेरा रहेको छ ।

दुवै फोनका क्यामेरामा समान मेगापिक्सेल भए पनि आइफोन १६ को अल्ट्रावाइड क्यामेरामा बढी प्रकाशयुक्त तथा म्याक्रो शटका लागि अटोफोकस क्षमता सहितको छ । त्यस्तै दुवै फोनमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ, जसले फोर के भिडियो खिच्न सक्दछ । त्यसैगरी आइफोन १६ मा थप फिचरको रुपमा एउटा क्यामेरा कन्ट्रोल बटन रहेको छ ।

डिस्प्ले, साइज र वजन

डिस्प्लेको हकमा एप्पलले केही सामान्य परिवर्तन गर्ने गरेको छ । यद्यपि दुवै फोनमा ६.१ इन्चको सुपर रेटिना XDR डिस्प्ले रहेको छ । जसको पिक ब्राइटनेस २००० निट्स छ ।

आइफोन १५ र १६ दुवैको आकार समान छ, जसको लम्बाइ ५.८१ इन्च, चौडाइ २.८२ इन्च र मोटाइ ०.३१ इन्च रहेको छ । वजन पनि झण्डै बराबर छ । आइफोन १५ को तौल १७१ ग्राम छ भने आइफोन १६ को तौल १७० ग्राम छ ।

आइफोन १६ black, white, pink, teal र ultramarine रङहरुमा उपलब्ध रहँदा आइफोन १५ चाहिं black, green, yello, pink र blueरंगमा उपलब्ध रहेको छ ।

दुवै फोनमा dynamic Usland  हुनुका साथै सेक्योरिटी फिचरका रुपमा फेस आइडी र पासकोड रहेको छ । अर्थात् दुवैमा फिंगरप्रिन्ट स्क्यानर छैन ।

मूल्य र स्टोरेज

नयाँ आइफोन रिलिजसँगै एउटा खुसीको कुरा भनेको पुरानो मोडेलको मूल्य घट्नु पनि हो ।

तर, यसपटक खुसीको कुरा के भने एप्पलले आफ्नो आइफोन १६ सिरिजमा पनि मूल्य खासै बढाएन ।

आइफोन १६ को आधारभूत मोडेलको मूल्य ८ सय डलर रहेको छ । जबकि आइफोन १५ को मूल्य ७ सय डलर रहेको छ । १२८ जिबी क्षमताको आइफोन १६ को मूल्य ८ सय डलर रहँदा २५६ जिबीको ९ सय डलर तथा ५१२ जिबीको ११ सय डलर रहेको छ ।

त्यस्तै आइफोन १५ को कुरा गर्दा १२८ जिबीको ७ सय डलर रहँदा २५६ जिबीको ८ सय र ५१२ जिबीको १ हजार डलर रहेको छ । यसको अर्थ आइफोन १६ को तुलनामा आइफोन १५ को मूल्य १ सय डलर कम छ ।

ब्याट्री, प्रोसेसर र सफ्टवेयर

एप्पलले ब्याट्रीको क्षमताको खुलासा गर्दैन । यद्यपि आइफोन १६ को भिडियो प्लेब्याक २२ घण्टा रहेको दाबी कम्पनीको छ । जबकि आइफोन १५ को भिडियो प्लेब्याक २० घण्टा रहेको छ । यसको अर्थ एकपटक पूरा चार्ज गरेपछि एप्पल १६ मा २२ घण्टासम्म भिडियो चलाउन सकिन्छ भने एप्पल १५ मा २० घण्टा ।

दुबै फोनमा युएसबी टाइप सी चार्जिंग रहेको छ । त्यस्तै आइफोन १६ ले ३० वाट र त्यो भन्दा माथिको एडाप्टरबाट २५ वाट मेगावाटसम्मको मेगासेफ वायरलेस चार्जिंग सपोर्ट गर्दछ भने आइफोन १५ मा मेगासेफ चार्जिंग १५ वाटसम्म रहेको छ ।

आइफोन १६ मा नयाँ ए१८ चिप रहेको छ भने आइफोन १५ मा ए१६ बायोनिक चिप छ । आइफोन १६ नयाँ आइओएस १८ सँगै आउनेछ । जबकि आइफोन १५ मा गत वर्षको आइओएस १७ रहेतापनि सेप्टेम्बर १७ मा त्यसलाई अपग्रेड गर्न सकिनेछ ।

यी हुन् आइफोन १६ का नयाँ फिचर्स

पछिल्ला केही महिनायता एप्पल कम्पनीको मूख्य ध्यान नै एप्पल इन्टेलिजेन्समा रहेको छ ।

यदि तपाईंले आफ्नो आइफोनमा एप्पल इन्टेलिजेन्स चाहनुहुुन्छ भने आइफोन १५ मा त्यो उपलब्ध हुनेछैन । केवल आइफोन १६ सिरिज तथा आइफोन १५ का प्रो भर्सनमा मात्रै यो उपलब्ध हुनेछ ।

आइफोन १६ मा एक्सन बटन र क्यामेरा कन्ट्रोल बटन रहनेछ ।

आइफोन १५ र आइफोन १६ का फिचरमा रहेका समानता र अन्तर विस्तृतमा यस्तो छ :

iPhone 16 iPhone 15
Display size, tech, resolution, refresh rate 6.1-inch OLED Super Retina XDR display; 2,556 x 1,179 pixel resolution; 60Hz refresh rate; 2,000 nits 6.1-inch OLED; 2,556×1,179 pixels, 60Hz refresh rate, 1,000 nits
Pixel density 460 ppi 460 ppi
Dimensions (inches) 5.81 x 2.82 x 0.31 inches 5.81 x 2.82 x 0.31 inches
Dimensions (millimeters) 147.6 x 71.6 x 7.8mm 71.6×147.6×7.8 mm
Weight (grams, ounces) 170 g, 6 oz 171g (6.02 oz)
Mobile software iOS 18 iOS 17
Camera 48MP fusion camera, 12MP ultra-wide camera 48-megapixel (wide), 12-megapixel (ultrawide)
Front-facing camera 12MP TrueDepth camera 12-megapixel
Video capture 4K at 60fps; spatial video at 1080p at 30fps 4K
Processor A18 A16 Bionic
RAM/storage 128GB, 256GB, 512GB 128GB, 256GB, 512GB
Expandable storage None None
Battery Up to 22 hours video playback; up to 18 hours video playback (streamed). 20W wired charging. MagSafe wireless charging up to 25W with 30W adapter or higher; Qi2 up to 15W Up to 20 hours of video playback (16 hours streamed). 20W wired charging. MagSafe wireless charging up to 15W; Qi2 up to 15W
Fingerprint sensor None (Face ID) None (Face ID)
Connector USB-C USB-C
Headphone jack None None
Special features Apple Intelligence; Action Button; Camera Control button; Dynamic Island; 1 to 2000 nits display brightness range; wireless charging; eSIM; satellite connectivity; IP68 rating Dynamic Island; 5G (mmw/Sub6); MagSafe; wireless charging; eSIM; satellite connectivity; IP68 rating
US price starts at $799 (128GB), $899 (256GB), $1,099 (512GB) $799 (128GB), $899 (256GB), $1,099 (512GB)
UK price starts at £799 (128GB), £899 (256GB), £1,099 (512GB) £799 (128GB), £899 (256GB), £1,099 (512GB)
Australia price starts at AU$1,399 (128GB), AU$1,599 (256GB), AU$1,949 (512GB) AU$1,499 (128GB), AU$1,699 (256GB), AU$2,049 (512GB)
लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?