+
+

संसद खुलाउन सभामुखले प्रमुख दलसँग छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते ९:१६

३० भदौ, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलहरूको बैठक बोलाएका छन् ।

प्रतिनिधि सभामा भएको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल गर्न लागेका हुन् ।

सिंहदरबारमा ११ बजे बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकलाई बोलाइएको छ ।

एमाले सांसद योगेश भट्टराईले संसदमा माओवादी सशस्त्र युद्धलाई ‘हिंसा’ भनेपछि माओवादीले आपत्ति जनाउँदै संसद अवरुद्ध गरेको थियो ।

माओवादीले संसदको रेकर्डबाट उक्त शब्द नहटाएसम्म संसद अवरोध गर्ने चेतावनी दिएपछि सभामुखले राष्ट्रिय दलहरूको बैठक बोलाएका हुन् ।

प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?