+
+

काठमाडौंमा सुरु भयो इन्द्रजात्रा

आर्यन धिमाल आर्यन धिमाल
२०८१ भदौ ३० गते ९:१२

३० भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व आजदेखि सुरु भएको छ । हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको हो ।

यस जात्रामा गणेश, भैरव र कुमारीको रथयात्रा, विभिन्न देवीदेवताको पूजा र नाचगान गरी आठ दिनसम्म मनाइन्छ ।

इन्द्रजात्राको मुख्य दिन असोज १ गते पर्दछ । यस दिन राष्ट्रपतिले इन्द्रजात्रा अवलोकन गर्ने प्रचलन छ । सो दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिने गर्दछ ।

इन्द्रलाई वर्षा र सहकालका देवताको रुपमा पूजा गरिन्छ । इन्द्र जात्रा काठमाडौं ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायत जिल्लामा विशेष उल्लासका साथ मनाइन्छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?