+
+

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १३:१५

३० भदौ, काठमाडौं । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ ।

सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुलाई बैठकमा बोलाएका थिए । बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको अवरोध कायमै राख्ने संसदीय दलको निर्णय जानकारी गराएका छन् ।

सभामुख घिमिरेले भने संसद सचिवालयको राय, विगतको अभ्यास सबै हेरेर आफूले निर्णय लिएको बताएका छन् ।

एमाले सचिव योगेश भट्टराईले १२ भदौको बैठकमा माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि विवाद सुरु भएको थियो । माओवादीले त्यहीबेला विरोध गरेपछि सभामुख घिमिरेले अध्ययन संसद सचिवालयलाई रुलिङ गरेका थिए ।

सभामुखले २६ गतेको बैठकमा हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएका थिए । माओवादीले फेरि संसद अवरुद्ध गर्‍यो । शनिबार बसेको संसदीय दलको बैठकले माओवादी जनयुद्धको अपमान गरिएको भन्दै अवरोध कायमै राख्ने निर्णय गर्‍यो ।

संसदको बैठक आइतबार १ बजे बोलाइएको थियो । त्यसअघि भएको छलफलमा सभामुख घिमिरेले भने सभामुखको रुलिङ नमान्नु कति न्यायोचित हुन्छ भन्ने ख्याल गर्न आग्रह गरेका छन् ।

जवाफमा माओवादी प्रमुख सचेतक पाण्डेले दलमा छलफल गरेर २ बजेभित्र जवाफ दिने जानकारी गराएका छन् । ‘संसदको जो अवरोध थियो, त्यो कसरी सञ्चालन गर्ने भन्ने छलफल भयो’ उनले भने, ‘यहाँ भएको छलफल दलमा राख्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?