+
+

उपसभामुखबारे एमाले र रास्वपा प्रमुख सचेतकबीच सवालजवाफ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १४:०६

३० भदौ, काठमाडौं। उपसभामुख इन्दिरा रानाबारे नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारबीच सवालजवाफ भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार सुरुमा एमालेका मुख्य सचेतक बर्तौलाले उपसभामुखको विषय उठाएका थिए । आफूहरुले हटाउने तयारी नगरेको तर, रास्वपाको तर्फबाट हटाउने तयारी भएको भनेर संसदमै राखेको भनेर विषय राखेका थिए ।

रास्वपाका प्रमुख सचेतक परियारले लगत्तै जवाफ फर्काए, ‘धन्यवाद।’

उपसभामुखले अमेरिकी दूतावासलाई पत्र लेखेको भनेर सत्तारुढ दलहरूले नैतिकताको प्रश्न उठाउँदै आएको छ । नेपाली कांग्रेसको संसदीय दलको बैठकले उपसभामुखलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

एमालेका सांसदहरूले संसद बैठकमा बोल्दै उपसभामुखको राजीनामा नै मागेका थिए । तर, १९ महिना अगाडिको विषयमा विवाद झिकेको भनेर विपक्षी दलहरूले सत्तारुढ दलहरूको आलोचना गरेका छन् ।

उपसभामुख हटाउन प्रतिनिधि सभामा दुईतिहाइ मत आवश्यक पर्छ। सत्तारुढ दलले दुईतिहाइ मत जुटाउन समेत मुस्किल हुने निचोडका साथ उपसभामुखमाथिको प्रश्न तत्काललाई थाँती राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?