+
+

राजनीतिमा लाग्न फिल्म करिअर छाड्दै थलापति विजय, अन्तिम फिल्म घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १४:३६

काठमाडौं । तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ ।

यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश गरिएको छ ।

यसलाई सेयर गर्दै निर्माताले लेखेका छन्, ‘हामी यो घोषणा गर्न पाउँदा खुसी छौं कि यो हाम्रो यो तमिल फिल्म चाड जस्तै हो । थलापतिको लागि माया । हामी तपाईंका फिल्म हेरेर हुर्केका हौं र तपाईं हाम्रो जीवनको हरेक पाइलाको हिस्सा हुनुभएको छ । ३० वर्ष भन्दा बढी समयदेखि हामीलाई मनोरन्जन प्रदान गर्नुभएकोमा धन्यवाद ।’

‘थलापति ६९’ अक्टोबर २०२५ मा रिलिज हुनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म रिलिजपछि विजयले फिल्मबाट ब्रेक लिएर राजनीतिमा पूर्ण ध्यान दिनेछन् ।

विजयले यसैवर्ष फेब्रुअरी २ मा आफ्नो राजनीतिक पार्टी ‘तमिलगा वेत्री कझगम’ खोलेका थिए । यसको हिन्दीमा अर्थ तमिलनाडु विजय पार्टी हो । उनले सन् २०२६ को विधानसभा चुनाव लड्ने विश्वास गरिएको छ । फेब्रुअरीमा पार्टी खोल्ने क्रममा विजयले आफूले अरू कुनै पार्टीलाई समर्थन नगर्ने बताएका थिए । उनले पार्टी मार्फत तमिलनाडुका जनताको सेवा गर्ने बताएका थिए ।

विजयले सन् १९९२ मा फिल्म ‘नालैया थेरपु’बाट मुख्य अभिनेताको रूपमा डेब्यु गरेका हुन् । उनी तमिल सिनेमाका सबैभन्दा ठूला स्टारमध्ये एक बने । अहिलेसम्म ६८ फिल्ममा काम गरिसकेका विजयले आफ्नो करिअरमा ‘मास्टर’ र ‘थेरी’ जस्ता ब्लकबस्टर हिट फिल्म दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?