+
+

७ खानेकुरा, जसले कोलेस्टेरोल नियन्त्रण गर्छ

सम्पूर्ण अन्न (होल ग्रेन)

जौ, ओट्स, ब्राउन राइस जस्ता पूर्ण अन्नमा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसले पाचन प्रणालीलाई सुधार गर्छ र कोलेस्टेरोलको स्तर घटाउँछ ।

लसुन

लसुनमा शक्तिशाली प्लान्ट कम्पाउन्ड (वनस्पति तत्व) हुन्छ । लसुनलाई दैनिक आहारमा समावेश गरिएमा कोलेस्टेरोलको स्तर नियन्त्रणमा रहन्छ ।

Advertisement

ड्राई फ्रुट्स

दैनिक ड्राई फ्रुट्स खाँदा कोलेस्टेरोलको मात्रा कम हुन्छ । यो भिटामिन ई, म्याग्नेसियम तथा पोटासियमले भरिएको हुन्छ, जुन मुटुको लागि निकै नै फाइदाजनक हुन्छ । प्रतिदिन मात्र ३५ ग्राम नट्स प्रयोग गरेमा कोलेस्टेरोल पनि कम हुन्छ ।

स्याउ, अङ्गुर, सुन्तला

स्याउ, अङ्गुर र सुन्तलामा पर्याप्त मात्रामा घुलनशील फाइबर पाइन्छ । यही कारणले गर्दा यसको लगातार सेवनले शरीरमा खराब कोलेस्टेरोलको निर्माण कम हुन्छ र राम्रो कोलेस्टेरोलको मात्रा बढ्न थाल्छ ।

हरियो तरकारी

हरियो सागसब्जीमा घुलनशील फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । जुन खराब कोलेस्टेरोल घटाउन र मुटुलाई स्वस्थ राख्न लाभदायक हुन्छ ।

डार्क चकलेट

डार्क चकलेट खाँदा पनि कोलेस्टेरोलको मात्रा कम हुन्छ । डार्क चकलेटमा प्रशस्त मात्रामा पोलिफेनोल जस्ता एन्टिअक्सिडेन्ट हुन्छ । जसले खराब कोलेस्टेरोलको स्तर कम गर्न मद्दत गर्छ ।

ग्रिन टी

ग्रिन टीमा हुने एन्टिअक्सिडेन्ट तत्त्व कोलेस्टेरोल घटाउन उपयोगी हुन्छ । अमेरिकन डाइटेटिक एसोसियनको जर्नलमा प्रकाशित अनुसन्धान अनुसार ग्रिन टी नियमित रुपमा सेवन गर्ने मानिसको शरीरमा कोलेस्टेरोलको स्तर निकै कम रहेको पाइएको छ । ग्रिन टीले ५ देखि ६ अंकसम्म कोलेस्टेरोलको कुल मात्रा र एलडीएल स्तर कम गर्न सहयोग गर्छ ।