+
+

अण्डाको पहेंलो भाग खानै हुन्न ?

जसले अण्डाको पहेंलो खाँदा हुन्छ

अण्डाको पहेंलो भाग खानै हुन्न भन्ने आमधारणा छ त्यो सही होइन । स्वास्थ्यमा कुनै पनि प्रकारको समस्या नभएको व्यक्तिले अण्डाको पहेंलो भाग खाँदा केही हुँदैन ।

जसले अण्डाको पहेंलो भाग नखाएकै बेस

अण्डाको सेतो भागमा प्रोटिन हुन्छ, पहेंलो भागमा फ्याट कोलेस्टेरोल बढी हुने भएकोले उच्च रक्तचाप, कोलेस्टेरोलका बिरामी र मुटुसम्बन्धी बिरामीले भने पहेंलो भाग नखाएको राम्रो हो ।

Advertisement

अण्डाको फाइदा

अण्डा र मासुमा अमिनो एसिड भन्ने प्रोटिन हुन्छ, जुन प्रोटिन शाकाहारी खानामा पाइँदैन । त्यसैले हप्तामा दुई चोटि मासु वा अण्डा खानामा समावेश गर्नु स्वास्थ्यका लागि राम्रो हो ।

खानै नहुने केही छैन

शारीरिक रूपमा सक्रिय व्यक्ति र धेरै व्यायाम गर्ने व्यक्तिलाई धेरै प्रोटिनको आवश्यकता पर्छ । त्यसैले पोषणविद् र फिटनेस ट्रेनरले शारीरिक रूपमा सक्रिय व्यक्तिलाई अण्डा खान सुझाउँछन् । अण्डामा खानै नहुने खालको कुनै पनि तत्त्व हुँदैन ।