+
+

हकप्रदमा नबिकेको हिमालय ऊर्जा र आँखुखोलाको सेयर लिलामी बिक्रीमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते ९:०२

३१ भदौ, काठमाडौं । आँखुखोला जलविद्युत् र हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद निष्कासनका क्रममा नबिकेको सेयर लिलामी बिक्रीमा आउने भएको छ । जसअनुसार हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ४६ हजार ३५९ कित्ता साधारण सेयर लिलामी बिक्रीमा आउने भएको छ ।

आगामी असोज ७ गतेदेखि १४ गतेसम्म यस कम्पनीको लिलामी सेयरमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ । यसअघि कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । न्यूनतम १०० र बढीमा सबै सेयरका लागि आवेदन दिन सकिनेछ । आइतबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२५ रुपैयाँ छ ।

त्यस्तै आँखुखोला जलविद्युतले निष्कासन गरेको हकप्रदका क्रममा १७ लाख ५० हजार २४८ कित्ता सेयरमा आवेदन परेन । सो सेयर पनि लिलामी बिक्रीमा आउने छ । यद्यपि यसको लिलामी बिक्री खुल्ने समय पनि निश्चित भइसकेको छैन ।

कायम हकभन्दा बढी माग गरेका आवेदकलाई असोज ४ देखि रकम फिर्ता गरिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ । कम्पनीले १ बराबर १.५ को अनुपातमा १ करोड २० लाख कित्ता सेयर हकप्रद निष्कासन गरेको हो । आइतबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१५ रुपैयाँ ९० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?