+
+

मुलुक निराशाबाट आशावादी यात्रामा छ : अर्थमन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १३:५९

३१ भदौ, बुटवल। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार बनेपछि मुलुक निराशाबाट आशावादी यात्रामा अघि बढेको बताएका छन् ।

बुटवल उद्योग बाणिज्य संघको ७१औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले ४६ यता मुलुकले ५ बर्षको स्थिर सरकार देख्न नपाएको अवस्थामा दुई ठूला दल मिलेर स्थिर सरकार दिने प्रयास गरेपछि देशमा आशाको सञ्चार भएको दावी गरे ।

‘अहिलेको सरकार भन्दा गतिलो सरकार यो सांसदले बनाउन सक्दैन, यो सरकार बनेसँगै नागरिक र उद्योगी व्यवसायीमा आशा पलाएको छ,यो सरकार २०८४ को चुनावसम्म जान्छ’–पौडेलले भने–‘सरकारको स्थिरतासंगै नीतिगत स्थिरतामा पनि सरकारको ध्यान गएको छ ।’

विगतका सरकारले निम्त्याएको प्रतिकूलता र ओरालो यात्राबाट अर्थतन्त्रलाई सकारात्मक यात्रामा ल्याउने कोसिस भइरहेको भन्दै उनले हरेक दिन निजी क्षेत्रका समस्या सुन्न तालिका बनाएर सुनेको र समाधानका उपाय खोज्न मद्दत पुगेको बताए। ‘निराशाबाट आशाबादी र क्रमश अनुकुलतामा बदल्ने प्रयास भइरहेको छ’ उनले भने ।

मोतिपुर औद्योगिक क्षेत्र निर्माणमा ढिलाई भएको स्वीकार्दै पौडेलले अब स्थानीयले जोतभोग र भोगचलन गरेको क्षेत्र बाहेकको बांकी क्षेत्रमा मात्रै औद्योगिक क्षेत्र बनाउने तयारीमा सरकार रहेको प्रष्ट पारे ।

बुटवल– नारायणगढ र बुटवल–चनौटा सडक विस्तार, तिनाउमा सिग्नेचर ब्रिज, सिद्धबाबा सुरुङ मार्गको निर्माण सम्पन्न र गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालनपछि रुपन्देही देशकै आर्थिक केन्द्र बन्ने चर्चा गर्दै पौडेलले प्रादेशिक अस्पताल, बिटिआई, अन्तराष्ट्रिय सम्मेलन सम्मेलन केन्द्रले पनि रुपन्देहीको विकासमा टेवा पुराउने बताए ।

बुटवलमा अर्बौं लगानीमा बनेका लुम्बिनी र सिद्धार्थ केबलकार पनि बुटवलको आर्थिक विकासमा कोशेढुंगा हुने पौडेलको तर्क छ । अर्थमन्त्री पौडेलले सरकारले नीजि क्षेत्रका राय सुझावका आधारमा नीतिगत सुधारको थालनी गरिसकेको भन्दै अब ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?