+
+

भारत जाँदै गरेका दुई वटा गाडीबाट १८९ किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते ९:५८

१ असोज, विराटनगर । प्रहरीले विराटनगरमा दुई वटा गाडीबाट १८९ किलो गाँजा बरामद गरेको छ । प्रहरीले दुवै गाडीमा सवार ४ जनालाई पनि नियन्त्रणमा लिएको छ ।

सोमबार राति विराटनगर महानगरपालिका–१७ मण्टापोखरी चोकमा । भारतको जोगवनीतिर जाँदै गरेको को २ च ७५९ नम्बरको स्कोरपिओबाट सोमबार राति १४६ किलो गाँजा र  सोमबार बिहान विराटनगर महानगरपालिका–१५ मा कारभित्र ४३ किलोग्राम गाँजा बरामद गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका–१७ मण्टापोखरीबाट स्कारपिओलाई प्रहरीले राति ८: ४५ बजेतिर नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

६ वटा बोराभित्र प्याक गरेर गाडीको पछाडिको साइडमा लुकाइ राखिएको अवस्थामा गाँजा फेला परेको थियो । नियन्त्रणमा लिने क्रममा स्कोरपिओले एक जना  प्रहरीलाई ठक्कर दिएको छ । चालक धरान उपमहानगरपालिका–४ १७ का ४५ वर्षीय सुक्षिम राई र स्कोरपिओमा सवार धरान–११ का ४६ वर्षीय देवराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान पनि विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलोग्राम गाँजासहित बा ८ च ७८८० नम्बरको कारलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले चालक विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार विराटनगर–१३ का २२ वर्षीय राजेश परियारलाई पनि पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?