+
+

सुरु भयो रास्वपाको राष्ट्रिय भेला (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते १०:१४

१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर भेलाको उद्घाटन गरेका छन् ।

भेला बुधबारसम्म चल्नेछ । पहिलो दिन आज कार्यबहाक महामन्त्री एवम् संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । सोही प्रतिवेदनमाथि छलफल हुनेछ ।

सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन भने दोस्रो दिन बुधबार पेस हुनेछ नेताहरूले जनाएका छन् ।

यसै भेलाबाट रास्वापाले राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय गर्नेछ ।

भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, विधान संशोधनलगायतका एजेन्डामा पनि छलफल हुनेछ ।

भेलामा देशभरबाट १५०० बढी प्रतिनिधि सहभागी भएका छन् । निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक/उपसंयोजक, प्रदेशको समिति/विभाग, केन्द्रीय समिति/विभाग/ आयोगहरूबाट प्रतिनिधित्व छ ।

भेलाले नीतिगत, वैचारिक, सांगठनिक रुपले रास्वपालाई थप परिपक्व र स्पष्टता प्रदान गर्ने रास्वपाले अपेक्षा राखेको छ ।

तस्वीरहरू : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?