+
+

उच्च मूल्यबाट तोलामा ६ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते ११:२५

१ असोज, काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार तोलामा ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ थियो ।

अमेरिकाको केन्द्रीय बैंकले आजभोलिमै ब्याजदर घटाउने चर्चापछि सुनको मूल्य आकासिएको हो । ब्याजदर घट्दा सुनतिर लगानी आकर्षित हुन गई मागसँगै मूल्य बढ्ने गरेको छ ।

चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ रहेको चाँदी यस दिन १९०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?