+
+

अमेरिकी हिपहप स्टार डिडी यौन हिंसाको आरोपमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते १३:१२

काठमाडौं । अमेरिकी र्‍यापर सिन ‘डिडी’ कम्ब्स न्युयोर्कमा पक्राउ परेका छन् । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार उनीमाथि यौन दुर्व्यवहार तथा उत्पीडनको आरोप छ ।

मुद्दा दायर भएपछि उनलाई न्युयोर्कको म्यानहटनबाट पक्राउ गरिएको हो । भेराइटी म्यागजिनका अनुसार कम्ब्सका वकिल मार्क अग्निफिलोले र्‍यापर पक्राउबारे जानकारी दिएका हुन् ।

सिन ‘डिडी’ कम्ब्सका वकिलले भने, ‘न्यायाधिवक्ताको कार्यालयले चलाएको अन्यायपूर्ण अभियोगबाट हामी निराश छौं । एक संगीत आइकन, स्वनिर्मित उद्यमी, मायालु पारिवारिक मानिस, जसले विगत ३० वर्षमा एक साम्राज्य बनाएका छन् । अश्वेत समुदायको हकहितमा काम गरेका छन् ।’

कम्ब्सका वकिलले अनुसन्धानमा आफूहरुले सहयोग गरिरहेको बताएका छन् । कम्ब्स विरुद्ध मौखिक दुर्व्यवहार, आक्रमण, यौन उत्पीडन र भावनात्मक पीडाको आरोप लगाउँदै गत सेप्टेम्बर १० मा मुद्दा दायर भएको थियो ।

गत मार्चमा मियामी र लस एन्जलसमा कम्ब्सको सम्पत्तिमा होमल्याण्ड सेक्युरिटीले यौन बेचबिखन अनुसन्धानलाई लिएर छापा समेत मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?