+
+

‘मायावी’ लक्ष्मीपूजा रिलिजबाट पछि हट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते १३:३४

काठमाडौं । पल शाह र दीपिका प्रसाईं अभिनित फिल्म ‘मायावी’ पूर्वनिर्धारित प्रदर्शन मितिबाट पछि हटेको छ । यो फिल्म यसअघि कात्तिक १५ गते लक्ष्मीपूजामा आउने जनाइएको थियो ।

सो मितिमा नेपाली र विदेशीसहित प्रदर्शन हुने फिल्मको संख्या पाँच पुगेपछि ‘मायावी’को प्रदर्शन तत्काललाई स्थगित गरिएको निर्देशक दिवाकर भट्टराईले जनाए । अब यो फिल्म पुस २६ गते प्रदर्शन हुने भनिएको छ । नयाँ मितिमा पनि यो फिल्म दयाहाङ राईको ‘कार्साङ’सँग भिड्नेछ ।

प्रदर्शन मिति सरेको जानकारी दिंदै निर्देशक भट्टराई लेख्छन्, ‘दुवै चलचित्रलाई शुभकामना । हाम्रो तर्फबाट मार्ग प्रशस्त गरेका छौं । हाम्रो नयाँ चलचित्र नरसिंहाको छायांकन र अन्य विविध कारणले हाम्रो चलचित्र मायावी यहाँबाट पुस २६ मा पुगेका छौं । सम्पूर्ण दर्शक शुभचिन्तकप्रति आभार ।’

पल शाहको पछिल्लो फिल्म ‘रावायण’को बक्स अफिस पर्फमेन्स र त्यसको नतिजालगत्तै उनकै फिल्म ‘मायावी’को प्रदर्शन तत्काल रोकिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

अब लक्ष्मीपूजामा नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’, ‘एक्टर’ र बलिउडबाट ‘भुलभुलैया ३’ आउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?