+
+

सामाजिक सञ्जालमा हतियार देखाउँदै त्रास सिर्जना गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते १४:०६

१ असोज, काठमाडौं । पर्सामा सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममा हातहतियार देखाउँदै पोस्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१५ बस्ने २१ वर्षीय ओमकुमार पटेल छन् ।

सामाजिक सञ्जालमा किङ पर्सा नामबाट अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरी त्रास सिर्जना गर्नेलगायत अराजक गतिविधि गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई मंगलबार वीरगञ्ज-प्रतिमा चोकबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले पटेललाई सार्वजनिक शान्ति विरुद्धको कसूरमा अनुसन्धान भइरहेको र त्यस्ता गतिविधिमा संलग्न अन्यको पनि खोजतलाश भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?