+
+

लामो समयपछि आशा भोस्लेले गाइन् रञ्जित गजमेरको संगीतमा नेपाली गीत

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते १४:२७

काठमाडौं । सुप्रसिद्ध भारतीय गायिका आशा भोस्लेसँग नेपाली संगीतको साइनो प्रगाढ छ । उनले थुप्रै कालजयी र सुमधुर नेपाली गीतमा स्वर दिएकी छिन् । दुई साताअघि उमेरले ९२ वर्ष टेकेकी भोस्लेले लामो समयपछि नेपाली गीत रेकर्ड गरेकी छन् ।

गत साता मुम्बईस्थित कैलाश खेरको स्टुडियो कैलाशामा भोस्लेले नेपाली गीतका लागि स्वर दिइन् । वरिष्ठ संगीतकार रञ्जित गजमेरद्वारा संगीतबद्ध गीत ‘यो हाम्रो माया’मा नेपाली गायक मोहन राई र भोस्लेको स्वर समावेश छ ।

मुम्बईमा गीत रेकर्ड गराएर संगीतकार गजमेर र गायक राई काठमाडौं फर्किइसकेका छन् । ‘ऐतिहासिक र दुर्लभ क्षणलाई समेटेर फर्किएको छु’ मोहनले अनलाइनखबरसँग भने, ‘आशा भोस्लेसँग गीत गाउन पाउनु नेपाली गायक-गायिकालाई दुर्लभ क्षण नै हो ।’ आगामी महिना रिलिज हुने मोहनको एल्बममा यो गीत समेटिनेछ ।

मायाको खेल र कस्तो सपनापछि यो उनको तेस्रो एल्बम हो । नयाँ एल्बमका लागि चार गीत तयार भइसकेको उनले बताए । बामदेव गौतम, पवन चाम्लिङ, गौरव गुरुङ, टेक तामाङ र अशोक बान्तवाले गीत लेखेका छन् । रञ्जित गजमेर, नरहरि प्रेमी र कन्काइस्ट राईले संगीत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?