
काठमाडौं । भियतनाममा सुरु भएको अन्तर्राष्ट्रिय मिस कस्मो-२०२४ मा नेपालको तर्फबाट निमिता रेग्मीले प्रतिनिधित्व गरिरहेकी छन् । त्यसका लागि उनी केही दिनअघि भियतनाम पुगिसकेकी छन् ।
शनिबारदेखि सुरु भएको प्रतियोगिता अक्टोबर ५ सम्म चल्नेछ । प्रतियोगितामा अमेरिका, ब्राजिल, क्यानडा, बेलायत, भारत, नेपाल,अस्ट्रेलिया, इटाली, जापान, फ्रान्स, स्पेन, फिलिपिन्स, इजिप्ट लगायत ७१ देशका सुन्दरीहरुले भाग लिइरहेका छन् ।
भियतनाम प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै निमिताले नेपाललाई विश्वसामु चिनाउने एउटा अवसरको रूपमा यसलाई लिएको बताइन् । भियतनाममा नेपाली कला, संस्कृति, सांस्कृतिक सम्पदा र नेपाली पर्यटन प्रवर्द्धनमा जोड दिने उनले बताइन् ।
प्रतियोगिताका लागि नेपालका विभिन्न धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थललाई समेटेर डकुमेन्ट्री समेत तयार पारिएको छ ।
निमिता कस्मो इञ्जिनियरिङ कलेजमा आर्किटेक्चर विषयमा स्नातक तह अध्ययनरत छिन् ।
प्रतिक्रिया 4